जीवन उपयोगी भागवत् गीताका केही महत्वपूर्ण सारहरु


धर्म ग्रन्थ अनुसार, कलियुगको आरम्भमा कुरुक्षेत्रको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए ।

हस्तिनापुरका राजा धृतराष्ट्र ९ जो आँखा देख्दैन थिए० लाई सञ्जयले महाभारत युद्धका क्रममा भएका घटना क्रमको वर्णन गर्ने क्रममा प्राप्त भएको हो ।
सञ्जयलाई युद्ध भूमिमा नगई त्यहाँका सबै घटना र विवरण देख्नसक्ने दिव्य दृष्टि प्राप्त भएको थियो ।

गीता युद्धको मैदानमा भगवान श्री कृष्णले अर्जुनलाई दिएको दिव्य ज्ञानको रुपमा महाभारतमा व्याख्या गरिएको छ । यसमा १८ अध्याय छन् ।

गीता ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो । हिन्दुधर्ममा यसको विषेश महत्व रहिआएको छ ।

यहाँ हामीले गीताका केही सारहरु उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छ ।

– आत्माले न कल्यिै जन्म लिन्छ न कहिल्यै मर्छ नै ।

– तिमी वितेको समयको कदापी पश्चताप नगर, अनि भविष्यको चिन्ता पनि नगर । बस्, वर्तमान राम्रो सँग चलाउ ।

– चिन्ता र डर त्याग, किन व्यर्थ चिन्ता गर्छौ ? को देखि डराउदछौ ? तिमीलाई कसले मार्छ र ?

–तिम्रो के गएको छ र व्यर्थै तिमी रुन्छौ ? तिमीले जन्मदा के लिएर आएका थियौ र अहिले के हरायौ ?

– तपाईं ढुक्क हुनुहोस् जे भयो, त्यो एकदम राम्रो भयो । जे हुँदैछ, त्यो पनि राम्रै हुँदैछ । अनि, जे हुनेछ, त्यो झनै राम्रो हुनेछ ।

– बेकार किन आतिन्छौं ? तिमीले अहिले सम्म के पैदा गरेका थियौ र त्यो नाश भयो ?

– चिन्ता नगर, तिमीले जन्मदा सँगै केही लिएर आएका थिएनौ । जे पायौ, त्यो यहीँबाट पायौ । जति दियौ, त्यो पनि यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जाँदै छौ । जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो र भोलि अरु कसैको हुनेछ ।
– तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ भने त्यही खुसी नै तिम्रो दुःखको मूल कारण बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *