बालुवाटारको भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालुवाटारको भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।शान्ति अहिंशालाई कमजोरी नठान्न प्रधानमन्त्री र गृहमन्त्रीलाई चेतावनी दिंदै लिङ्देनले भने, ‘नसुध्रने हो भने हामी पनि गोली चलाउँछौ त भन्दिनौं तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौं ।’
मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले जनता गोठको गाईबस्तु नभएको बताए । उनले प्रधानमन्त्री लक्षित टिप्पणी गर्दै भने, ‘सत्ता सधैंभरी तपाईंको हातमा हुँदैन, जनता गोठको गाईबस्तु होइनन’, जतिदिन हाम्रा साथीहरुलाई थुन्नुहुन्छ यो जनमत दिनदुई गुणा रात चौगुणा बढेर जान्छ ।
लिङ्देनले प्रश्न गरे, ‘देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’