ज्ञानेन्द्र शाहलाई धोएर कसैले संवैधानिक बनाउन सक्दैन : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका पूर्वराजालाई कसैले पनि धोएर वा सफा गरे पनि संवैधानिक बनाउन नसक्ने बताएका छन् । निर्मल निवासमा बसेर उत्पात मच्चाउने ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राखेको भए के गर्थे भन्दै उनले प्रश्न गरे ।

बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोस्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले जनताले चुनेका प्रतिनिधि नै देश चलाउन सक्षम रहेको बताए । लडेर ल्याएको गणतन्त्र र व्यवस्थामा कमजोरी भए सच्याउन सकिने उनको भनाइ छ ।

महामन्त्री थापाले पार्टीको महाधिवेशनका विषयमा कोही अल्मलिनुनपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवशेन हुने दाबी गरे । पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने उनले बताए । महाधिवेशनलगतै विभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उनले उल्लेख गरे ।

उनले स्थानीय तहले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए । संघीयता कार्यान्वयन निम्ति आवश्यक कानुन समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उनले कानुन निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *