चलचित्र ‘कल्ली’को प्रदर्शन मिति तय,कात्तिक २१ मा रिलिज हुने


चलचित्र ‘कल्ली’को प्रदर्शन मिति तय भएको छ । जुम्लामा छायांकन भइरहेको चलचित्र कात्तिक २१ मा रिलिज हुने भएको हो ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्यलगायत कलाकारको अभिनय छ ।

काफिया फिल्मस् र कुबेर फिल्मसले यो चलचित्रलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् ।

हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

चलचित्रमा निसाल पौडेलको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *