आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गर्न माग गर्दै आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका बुधबार मन्त्रालयमा डाकेको हो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका हुन् ।वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो । तर उक्त छलफल तथा परामर्श हुन सकेको थिएन ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन जारी छ ।