पदक विजेताहरूको नामावली २ असोजमा सार्वजनिक गरिने


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८१ मा पदक पाउने व्यक्तिहरूको नाम सार्वजनिक गर्ने भएको छ ।

मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कारका लागि छनोट भएकाहरूको नामावली सार्वजनिक गर्न लागेको हो ।

आगामी असोज २ गते मन्त्रालयकै वेबसाइटबाट नामावली सार्वजनिक गरिने छ । यस्तै, शिक्षा दिवसको कार्यक्रम पुस्तिकामा समेत नाम प्रकाशन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

छनोट हुनेहरूलाई प्रदान गरिने पदक र प्रमाणपत्र वितरणको कार्यक्रमको मिति पछि प्रकाशित गरिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले यसअघि पुरस्कारका लागि आवेदन माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *