एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित


स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रियलले अलाभेसलाई २–१ गोल अन्तरले हराएको हो ।

रियलका लागि स्टार स्ट्राइकर केलियन एम्बाप्पेले ३० औँ मिनेटमा गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको रियलका लागि भिनियिस जुनियरले ५० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।खेलको अन्तिमको अतिरिक्त समयमा अलाभेसका लागि टोनी मार्टिनेजले सान्त्वना गोल फर्काएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *