चलचित्र ‘दुखी आत्मा’को छायांकन सुरु


चलचित्र ‘दुखी आत्मा’को छायांकन सुरु भएको छ । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका रहेको चलचित्रको छायांकन सुरु भएको हो ।
चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका छन् । लेखन पनि निर्देशक स्वयंको छ ।

चलचित्रमा दयाहाङ र आँचलसँगै अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।

चलचित्रको निर्माता हिमाल कडरिया हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *