एमाले साना पार्टी सक्ने खेलमा लागेको छ : माधव नेपाल


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) साना दलहरूलाई सक्ने खेलमा लागेको बताएका छन् । शुक्रबार एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको ‘सन्देश सभा’मा अध्यक्ष नेपालले दुई तिहाइको दम्भमा संविधान संशोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने बताए ।

उनले संविधान संशोधन गरेर साना पार्टी सक्ने एमालेको उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे ।

अध्यक्ष नेपालले नेपालमा पहिलोपटक समाजवादी कार्यक्रम ल्याउने काम एकीकृत समाजवादी पार्टीले गरेको समेत दाबी गरे ।

कम्युनिस्ट पार्टीमध्ये आफ्नो पार्टीले नेपालमा पहिलोपटक समाजवादी कार्यक्रम ल्याएको र जनताको सेवामा लाग्न, देशको माया गर्न, सेवा गर्न, विकास निर्माण गर्न, जनतालाई सुखी र खुसी राखेर काम गर्ने दिशामा लाग्न प्रेरित गरेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *