काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’


गएको साता केही सफा रहेको काठमाडौं उपत्यकाको वायु फेरि ‘अस्वस्थकर’ भएको छ । वातावरण विभागको तथ्यांकमा काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सोमबार १५५ भन्दा माथि छ ।

विभागको रेकर्डमा सोमबार बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १७१ मापन गरिएको छ । ललितपुरकै खुमलटारको १६३, काठमाडौंको शंखपार्कको एक्यूआई १५५ मापन गरिएको छ ।

यस्तै, भक्तपुरको एक्यूआई ११८ र ललितपुरको पुल्चोकको ८५ पुगेको विभागको तथ्यांक छ । पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १२० देखि १८३ सम्म मापन गरिएको छ ।

गएको साता काठमाडौंका अधिकांश स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार, वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्छ । १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १००)लगायत आधारमा एक्यूआई मापन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *