आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती


नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । त्यसबारे छानबिन गरी प्रमाणित गर्न सोमबार बसेको संसदीय दलको बैठकबाट चुनौती दिइएको हो ।

“उहाँ (रवि लामिछाने)ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको यो काम हो, प्रश्न सोध्ने काम होइन,” प्रमुख सचेतक रमेश लेखकले भने ।

आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम पनि गृहमन्त्रीले नै भोग्नुपर्ने कांग्रेसले चेतावनी दिएको छ । “तपाईंले जुन गम्भरी लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, व्यहोर्नुपर्ला,” उनले भने ।

सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले सरकारमा रहेको व्यक्तिले भ्रामक कुरा गरे संगीन प्रकारको लाञ्छना लगाउन पाइन्छ ? भनी प्रश्न गरे ।गृहमन्त्री लामिछानेले हिजोको प्रतिनिधिसभा बैठकमा कांग्रेस नेतामाथि विभिन्न आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *