१० महिनामा १३ खर्बको आयात, सवा १ खर्बको निर्यात


नेपालको वैदेशिक व्यापार पछिल्लो समय प्रतिवर्ष नाजुक बन्दै गएको छ । नेपालले चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा मात्रै १३ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरी खपत गरेको देखिएको हो ।भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म मात्रै नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बढीको वस्तु आयात गरेको हो । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने केहि कम हो । गत आवको यहि अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।यसरी १० महिनामै १३ खर्ब बढीको वस्तु आयात गरेको नेपालले यहि अवधिमा निर्यात भने जम्मा सवा खर्ब आसपासमा मात्रै गरेको देखिन्छ । भन्सार विभागको तथ्यांकलाई नियाल्दा पछिल्लो १० महिनामा नेपालले १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी निर्यात गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.६१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।

आयात उच्च र निर्यात न्युन हुँदा नेपालले पछिल्लो १० महिनामा मात्रै ११ खर्ब ७७ अर्ब ७८ करोड रुपैयाँ बराबरको व्यापारघाटा ब्यहोरेको छ । यो व्यापारघाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *