भूकम्प प्रभावितका लागि एक अर्ब निकासा, ९३ करोड आजै जिल्लामा पठाइयो
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये आज ९३ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ ।
उनका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले रु १० अर्ब पठाउने निर्णय गरेको थियो । सोहीअन्तर्गत अर्थले रु एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा रु ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको बताए । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि रु एक अर्ब ४१ करोड पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माण जारी छ ।