कोसी प्रदेशको नामकरण एमालेले गराएको हो ?


नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोसी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् । पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोसी राख्ने तर अहिले एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने बताए ।

सोमबार झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालका गतिविधिविरुद्ध एमाले लाग्ने चेतावनीसमेत दिए ।

“संवैधानिक प्रक्रियाले, शान्तिपूर्ण प्रक्रियाले, विधिसम्मत ढंगले कसैले पनि यो भएन, यो हुनुपर्छ । यो होइन, त्यो हुनुपर्छ भन्न सक्छ । यो स्वाभाविक कुरा हो । तर, त्यो भन्दा फरक ढंगले के एमालेले आफ्नो कमिटीको निर्णय गराएको हो त्यो ? कि प्रदेशसभाको तर्फबाट निर्णय भएको हो । प्रदेशसभामा त सबै थिए,” पोखरेलले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *