चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको गीत ‘हिँड माया हिँड’


हास्य कलाकार हरिवंश आचार्यले  चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन्।

माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ। स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन्।‘यो चेलिबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत हो,’ गीतबारे हरिवंशले भने, ‘चेलबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियतीजस्तै भइसक्यो। पहिले पहिले चेलिबेटीहरुलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिका लगायत अन्य मुलुकतिर पनि सरेको छ। मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पुर्‍याएपछि देह व्यापारमा लगाउने, यातना दिने लगायतका समस्या बढिरहेका छन्। त्यही कथा हामीले गीतमार्फत् भन्न खोजेका हौं।’हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने बताउँछन्। ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ। तर देशको नियतीले बाध्य बनाइरहेकै छ,’ आचार्यले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *