लागू औषध अपराधको रोकथाम जरुरी
दिपक शर्मा
सामान्यतयाः मानसिक चेतना अनुभूति र मनोभावनालाई विकृत तुल्याउने पदार्थलाई लागू औषध भनिन्छ । कुनै पदार्थ जसको सेवनले मानिसको केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना तथा सोचाईमा परिवर्तन ल्याउँदछ भने त्यस्तो पदार्थ लागू औषध हो । विश्व स्वास्थ्य संगठनका अनुसार ‘लागूऔषध भन्नाले कुनै पनि किसिमको रसायनिक पदार्थ, जुन स्वास्थ्य शरीरका लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य तथा यसको बनावटमा परिवर्तन ल्याउन सक्छ भने त्यो लागू औषध हो भनेर भनेको छ’ ।
म्याक्मिलन इन्साइक्लोपेडियाका अनुसार ‘लागू औषध भन्नाले केही औषधीहरु आनन्दको लागि उत्पादन गरिएका हुन्छन् तर यिनीहरु विस्तारै निर्भरतातिर जान्छन् । अफिमबाट बनेका औषधीहरु डर लाग्दा हुन्छन् । यसको प्रयोग र अवैध व्यापारले निरन्तरता पाएको पाइन्छ । यस्ता डरलाग्दा औषधिलाई रसायनिक पदार्थ मिसावट गराइ उत्तेजक र मतिभ्रामक समेत बनाइएको हुन्छ’ भनेर उल्लेख गरिएको पाइन्छ ।
नेपालको लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार ‘लागू औषध भन्नाले गरेका, औषधीउपयोगी गाँजा, अफिम, तैयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झार र पात र छ (क) अफिम तथा कोकाको सातत्व मिश्रण वा लवण समेत मिसाई तयार गरिने कुनै पदार्थ, अनि नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदिपक पदार्थ र तिनका लवणहरु तथा अन्य पदार्थ समेत सम्झनु पर्छ’ ।
लागू औषध प्रयोगकर्ताको संख्या वार्षिक रुपमा करिब १२ प्रतिशतका दरले वृद्धि भइरहेको तथ्यांकबाट देखिन्छ । लागू औषध हेरोइन र नियन्त्रित लागू औषधहरु भारतको सीमावर्ती इलाकाहरुमा सरल र सहज तथा सस्तो मूल्यमा पाइने हुँदा यसको दुरुपयोग बढ्दै गएको पाइन्छ । एक अध्ययनका अनुसार नेपालमा सबैभन्दा बढी लागू औषध प्रयोगकर्ता काठमाडौं उपत्यकामा रहेका छन् भने त्यसपछि पोखरा, धरान, झापा, विराटनगर, जनकपुर, विरगञ्ज, रुपन्देही, चितवन, हेटौडा, नेपालगञ्ज, महेन्द्रनगर आदि शहरमा रहेका छन् ।
लागू पदार्थको अवैध ओसारपसार एवम् कारोवारलाई हातहतियार तस्करी पछिको दोश्रो ठूलो अपराधको रुपमा लिइन्छ । यसको अवैध ओसार पसार एवं नियन्त्रण गर्न कानुन कार्यान्वयन निकायहरु क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहको संजालले गर्दा भएको ओसारपसार र नियन्त्रण गर्ने कार्य चुनौतीको रुपमा देखिएको छ ।
नेपाल लागूपदार्थ उत्पादन र ओसारपसार गर्ने गोल्डेन ट्रयाङ्कल र गोल्डेन त्रिसेन्टको नजिक पर्ने हुँदा यहाँको भूमिलाई लागूपदार्थ ओसारपसार गर्ने सहज बाटोको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । विश्वव्यापी साझा समस्याको रुपमा रहि आएको लागू औषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा परेको छ । नेपालमा मदिरा, सुर्तिजन्य पदार्थ एवं गाँजा चरेसको प्रयोग दिनानुदिन बढ्दै गएको छ । हेरोइन तथा अफिम जस्ता लागू पदार्थको प्रयोगले यो समस्यालाई अझ बढाएको छ । एक सर्वेक्षणका अनुसार नेपालमा कडा खाले लागू औषध प्रयोगकर्ताको संख्या ४६ हजारभन्दा बढी देखिएको छ ।
नेपालमा अवैध रुपमा उत्पादन हुने गाँजा, चरेश मध्ये धेरै मात्रामा खुल्ला सिमानाको कारण स्थलमार्ग हुँदै भारतमा र भारतबाट पनि समुन्द्री मार्ग तथा हवाई मार्ग ह्ुँदै विभिन्न मुलुकहरुमा पुग्दछ भने स्थलमार्ग हुँदै नेपालबाट गाँजा चरेश केही मत्रामा चीनमा पनि पुग्ने गरेको देखिन्छ । त्यस्तै ती लागू औषध नेपालको हवाई मार्गबाट विशेष गरी जापान, अमेरिका, युरोपका विभिन्न मुलुकहरु क्यानडा, रसिया, हङकङ आदि देशहरुमा लैजाने गरिएको पाइएको छ ।
नेपाल GoldenTriangle / Golden Crescent मा पर्ने मुलुकहरुबाट नजिक रहेकाले हेरोइन तस्करको लागि नेपाल ट्रान्जिट बिन्दुको रुपमा प्रयोग भएको हुन सक्ने देखिन्छ । लागू औषध अपराध एक विशिष्ट विशेषता बोकेको अपराध हो । यो अपराध विश्वव्यापी अपराध र यसलाई संगठित अपराधीले संचालन गरिरहेका हुन्छन् । यसका विरुद्धमा घटना वा अपराध जाहेरी दरखास्त विरलै पर्दछन् । यसको कारोवार गोप्य रुपमा संचालन हुने गर्दछ । यो चलायमान अपराध भएकोले घटनास्थलको निश्चितता रहँदैन । यस अपराधमा प्रायः भरियाको प्रयोग हुने हुँदा यसका असली अपराधी हम्मेसी पक्राउ पर्दैन । साथै अन्य मुद्दाको तुलनामा यस अपराधमा साक्षी बस्ने कमै हुन्छन् ।
लागू औष्धको दुव्र्यसन तथा अवैध ओसारपसार बिक्री वितरण बहुपक्षीय सरोकारको विषय हो । यो समस्या कुनै स्थान, मुलुक वा क्षेत्र विशेषको मात्र नभई विश्व मानव समुदायको सामूहिक समस्याका रुपमा प्रकट हुँदै आएको छ । विश्वका सबै जसो राष्ट्र यस समस्याबाट अछुत रहन सकेका छैनन् । लागू औषध समाज विरुद्धको जघन्य संगठित अपराध हो ।
नेपालमा पनि लागू औषधको उत्पादन, ओसारपसार, बेचबिखन प्रयोग बढ्न थालेपछि नेपाल सरकारले यसलाई नियन्त्रण गर्न कानुनको कार्यान्वयनमा कडाई गरीलागू औषध नियन्त्रण नीति रणनीति कार्ययोजना कार्यान्वयनमा हटाई यसको सम्पूर्ण कार्यलाई निरत्साहित गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाएको देखिन्छ । यद्यपी नेपालमा अवैध लागू पदार्थको ओसारपसार लागूपदार्थको ओसारपसार बिक्री वितरण र प्रयोगमा वृद्धि भइरहेको परिणामस्वरुप विभिन्न अपराधहरु घटिनै रहेका छन् ।
विगत केही वर्ष यता नेपालका विभिन्न जिल्लाहरुमा अफिमको खेती बढ्दै गइरहेको र कच्चा अफिम तयार गरी बाहिर अन्य मुलुकमा निकासी गर्ने अभिप्रायले नेपाल र भारतको सिमानामा यो कामका कारोवारी पक्राउ भएबाट थाहा भएको छ ।
सेतो हेरोइन ब्त्क् प्रकारका लागू औषध अफगानिस्तान, पाकिस्तान, बैंकक, बर्मा, लाओस, पेरु, ब्राजिल आदि देशहरुबाट अन्य देशका ट्रान्जिट विन्दुका रुपमा नेपाल भित्रिई अन्य देशहरुमा जाने गरेको पाइन्छ ।
लागू औषधको अवैध कारोवार अहिले विश्वमा सबैभन्दा ठूलो चुनौतीका रुपमा देखापरेको छ । विकासोन्मुख, अल्पविकसित, विकसित कुनै पनि राष्ट्र यो समस्याबाट अछुतो रहन सकेको छैन । हालका दिनहरुमा लागू औषधको माग, अत्यधिक रुपमा बृद्धि भइरहेको छ । लागू औषधको दुव्र्यसन तथा अवैध ओसार पसार बहुपक्षीय सरोकारको विषय हो । यो समस्या कुनै पनि स्थान वा क्षेत्र विशेषको समस्या मात्र नभई मानव समुदायको सामूहिक समस्याको रुपमा प्रकट हुँदै आएको छ । विश्वका कुनै पनि राष्ट्र यस समस्याबाट अछुते रहन सकेका छैनन् ।
हाल विश्वमा सबैभन्दा चिन्ताको विषय लागू पदार्थको विभिन्न रासायनिक पदार्थहरुको प्रयोगलाई समेत लिने गरिएको छ । विभिन्न उद्योगहरुका लागि आवश्यक पर्ने कुनै रसायनमा अन्य कुनै रसायन मिश्रण गरेमा त्यसले विभिन्न किसिमका लागू औषधको रुप लिन्छ ।
संयुक्त राष्ट्रसंघको लागू औषध नियत्रण बोर्डले २२ किसिमका रासायनिक पदार्थको आयात, निर्यात, क्रिी, वितरण र प्रयोगमा निगरानी गर्नुपर्ने व्यवस्थ गरेको छ ।
नेपालको हालको अव्यवस्थित शहरीकरण, संगठित अपराधिक संजालको प्रभाव वृद्धि, तथाकथित आधुनिकिकरणको विस्तार आदिका कारणले हालका दिनमा लागू औषधको दुव्र्यसनी र कारोवाको संख्या व्यापक रुपमा बृद्धि भएको पाइन्छ । खुला र अव्यवस्थित सीमा नाकाहरुले यस समस्यालाई थप जटिल र विकराल बनाउँदै लगिरहेका छन् ।
बहुऔषधिय प्रयोग र दुव्र्यसन गर्ने विधिमा आएको परिवर्तनका कारण लागू औषध प्रयोगकर्ताहरु कुपोषण, रक्तअल्पता, हेपाटाइटिस, यौनजन्य रोग र ज्क्ष्ख् ब्क्ष्म्क् जस्ता खतरनाक रोगबाट संक्रमित हुने क्रम बढ्दै गएको छ ।
लागू औषध एक संगठित रुपमा हुने समाज एवं मानवता विरुद्धको अपराध हो । यो मानव सिर्जित समस्या हो । यसको दुव्र्यसन तथा अवैध ओसारपसार बहुपक्षीय सरोकारको विषय हो । यो समस्या कुनै स्थान मुुलुक वा क्षेत्र विशेषको समस्या नभई विश्व मानव समुदायकै सामूहिक समस्याको रुपमा देखिँदै अएको छ ।