राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ?


संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको छ ।

आइतबार निर्धारित समयमा बस्न नसकेको बैठक सोमबार (आज)का लागि स्थगित  गरिएको थियो ।

आइतबार बैठक तीनपटक सरेको थियो । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *