कांग्रेस भित्रैबाट बीपीमाथि अन्याय भइरहेछ : गगनकुमार थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट बीपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरेका छन्।

जको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौती रहेको र त्यसको समाधान बीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे।

उनले आफ्नो भागको समस्याको समाधान आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुलाई सचेत गराए।

महामन्त्री थापाले भने, ‘रोजगारी सिर्जना हुन्छ। तर नेपालीले पाउँदैनन् त्यसमा काम। आज के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेका छैनन्? के–कति कारणले नेपाली कामदारहरु काम लागि रहेको छैन? आजको च्यालेन्ज यस्तो आएको छ। यस्तो बेलामा पनि हामीले पुरानो बीपी कोइरालाले केही केही बोलिदिनु भएको थियो कि, भनिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त बीपीमाथि अन्याय गर्नु हो नि त। के त्यो भन्नु भएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि। हाम्रो भागमा पढिदिनुपर्ने पनि उहाँले। हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने?’

महामन्त्री थापाले बीपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौती आफैंले समाधान गरेर अघि बढनुपर्ने धारणा राखे। उनले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *