काठमाडौं उपत्यका बन्न सक्छ शहरी सांस्कृतिक पर्यटनको केन्द्र


दिपक शर्मा

सामान्यतया, घरबाहिर २४ घण्टा भन्दा बढी वा एक बर्ष भन्दा कम समयका लागी गरिने यात्रा वा मनोरंजन नै पर्यटन हो। पर्यटनमा आर्थिक क्रियाकलाप भएको हुनुपर्छ । मानव सभ्यताको बिकाससंगै खाना,नाना,छाना,पानी सुरक्षा एवम् ब्यापारका निम्ति मानिस एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न उत्प्रेरित थिए। पहिले मानिसहरु जनावर चढेर वा हिडेर आफ्नो यात्रा तथा आवश्यकता पूरा गर्दथे। अहिले प्रविधिमा आएको तिव्र बिकासले जल,वायु थल जस्ता द्रुत गतिका साधन प्रयोग गरि यात्रा गर्दछ्न। यो पर्यटनको पछिल्लो बिकासक्रम पनि हो।अब त अन्तरिक्षमा पर्यटनको कुरा पनि छ।
पर्यटन तथा पर्यटक शब्दको उत्पत्ति सन् १२९२ तिर भएको हो। बर्तमान समयमा यसको अर्थव्यापक भएको छ। पर्यटन शब्द ल्याटिन भाषाको टोर्नोस बाट व्युत्पती भएको हो। यसको अर्थ बृत वा चक्र बुझाउने उपकरण भन्ने बुझिन्छ । जहाँ ब्यक्ति चक्रको एक उत्पत्ति स्थान बाट भ्रमण स्थान हुदै पुन उत्पत्ति स्थानमै आइ पुग्दछ। यहि अवधारणाबाट नै राउन्ड ट्रीप वा यात्रा व्यवस्थापन हुदै पर्यटन शब्दको बिकास भएको हो।
पर्यटनको पहिलो परिभाषा सन् १९१० मा अष्ट्रीयन अर्थशास्त्री हरम्यान वन स्कुलार्डले दिएका थिए ।उनका अनुसार पर्यटन भन्नाले कुनै पनि निश्चित राष्ट्र ,शहर वा क्षेत्रभित्र र बाहिर बिदेशीहरुको बसोबास,आवतजावत र आर्थिक प्रकृतिसग प्रत्यक्ष सरोकारको सम्पुर्ण कार्यक्रम हो भनेर भनेका थिए ।अहिले त पर्यटनको बिकास र बिस्तारमा निकै परिवर्तन आइसकेको छ। पर्यटनको विविधीकरणमा पनि अहिले निकै बिस्तार भएको छ।

व्यवसायिक रुपमा पर्यटन क्षेत्रको विकास सन् १९५० भएको पाइन्छ । हुन त त्यसभन्दा अगाडि पर्यटन गतिविधि भइरहेकै थिए तर तीव्र र व्यवसायिक रुपमा सन् ५० को दशकका थालनीबाट भएको हो । आजको समयमा भन्नुपर्दा पर्यटन आर्थिक सुदृढिकरणका लागि सबैभन्दा सहज र सम्भावनायुक्त क्षेत्र भएको छ । पर्यटन क्षेत्र मात्र यस्तो क्षेत्र हो जसले प्रकृति र पर्यावरणमा ठूलो नोक्सानी बिना आर्थिक संचालन गतिविधि गर्दछ । नेपालका लागि पर्यटन क्षेत्र सधैं तुलनात्मक लाभको क्षेत्र रहेको छ र विविध नीति तथा कार्यक्रमको महत्वपूर्ण हिस्सा बन्दै आएको पनि छ तर अहिले सम्म पनि हामीले पर्यटनलाई नयाँ नयाँ अवधारणाहरुसँग जोड्न सकेका छैनौ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँको प्राकृतिक छटा र सुन्दरता बारे विभिन्न समयमा अन्तर्राष्ट्रिय पत्रपत्रिका,तथा व्यक्तिहरुबाट विशेष रुपमा नै पनि चर्चा गरिन्छ । नेपाल सम्पदाहरुले भरिपूर्ण देश पनि हो । नेपालको प्राकृतिक, साँस्कृतिक, पुरातात्विक सम्पदाहरुले विश्वमा नै विशिष्ट र मौलिक पहिचान बोकेका छन् । यहाँको मौलिक कला, संस्कृति, रहन सहन परम्परागत भेषभुषा भाषा आदि सबै हाम्रा सम्पदा हुन् । यसले हाम्रो पहिचानका साथै आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासमा समेत सहयोग पु¥याउँदै आएको छ भने विश्वलाई परिचय दिनमा सहयोग गर्दै आएको छ ।

 

पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न विश्वविख्यात जर्नल तथा संस्थाहरुमा उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल सधैं परिरहन्छ । सांस्कृतिक विविधता, भौगोलिक पर्यावरण र संस्कारी परम्पराका कारण पर्यटकहरुको रोजाइमा नेपाल सधैं रहेको छ । तर हामीले समयसँगै आपूmलाई अपडेट गर्न सकेका छैनौ जसका कारण पर्यटनका नयाँ–नयाँ आयामका कुनै काम र कार्यक्रम नै विकास गरिँदैनन् ।नेपालका लागि अथाह संभावना भएको शहरी सांस्कृतिक पर्यटनबारे पनि हामीले अहिलेसम्म खासै केही सोचे जस्तो देखिन्न्।

शहरी सांस्कृतिक पर्यटन भित्र परम्परागत रुपमा रहेका शहर ,सम्पदा र पर्यटनलाई जोड्ने गरिन्छ । विश्वमा प्रारम्भमा जति पनि शहर बनेका छन् ती सबै आज एक महत्वपूर्ण सम्पदास्थलको रुपमा विकसित गरिएका छन् । यसको उदाहरणमा युरोपका विभिन्न शहर र तिनमा संरक्षित रहेको सास्कृतिक इतिहास र महत््वलाई लिन सकिन्छ । शहरहरु खासगरी संस्कृति र सम्पदाको कारण पर्यटकिय गन्तव्यस्थलका रुपमा रहन्छन् ।
विश्वकै प्राचिन राष्टहरु मध्य नेपाल पनि एक मानिन्छ। ।नेपालको सन्दर्भमा पनि परम्परागत समयमा नै स्थापना भएका शहरहरु धेरै रहेका छन्। खासगरी बाइसे चौबिसे राज्यको राजधानीका रुपमा रहेका ठाउँ त्यस समयका एतिहांसिक शहर थिए ।

नेपालका एतिहासिक रुपले पनि महत्व बोकेका यस्ता शहरहरुमा काठमाडौ,भक्तपुर ,ललितपुर , गोरखा, लमजुङ, लुम्बिनी, पाल्पा, जुम्ला, सल्यान आदि छन् । यस्ता बहुआयामिक स्थलको घुमघामले पर्यट्कले एकैसाथ मनोरञ्जन र ज्ञान पाउन सक्छन् । सास्कृतिक पर्यटनका लागि शहर र सम्पदाको संरक्षण र सम्र्बधनको निकै महत्त्व छ । हरेक शहरको आफ्नै कथा र इतिहास रहेको हुन्छ। त्यसका अलावा पनि कला साहित्य जस्ता विषय पनि शहरसंग जोडिन्छन्।काठमाडौ उपत्यकाका तीन प्राचीन शहर काठमाडौ,पाटन र भक्तपुर शहरी पर्यटन र सास्कृतिक सम्पदा स्थलको रुपमा विकसित हुन सक्छन् ।
यसरी हेर्दा नेपाल र शहरी संस्कृति र सम्पदा पर्यटनको केन्द्रविन्दु नै बन्ने देखिन्छ । नेपालमा अहिलेसम्म शहरी सास्कृतिक पर्यटन बारे खासै सोच राखेर काम गरेको पाइन्न। अब भने यश बारे बिचार बिमर्श र कार्यक्रम थालिहाल्नु पर्छ । अहिले त स्थानीय सरकारको अवधारणा पनि शुरु भएको छ यस्तोमा देशका सबै जसो नगरपालिकाहरुले यश सम्बन्धि कार्यक्रम बिकास गर्नुपर्छ ।जब पर्यटन नै हाम्रो बिदेशी मुद्रा संचयको मुख्य आधार हो भने त्यसभित्रको सबैभन्दा प्रभावशाली शहरी सास्कृतिक पर्यटनलाई किन अगाडि नबढाउने ? आजको मुख्य सवाल यहि हो ।

acharya39@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *