राजावादीविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रँदै एकीकृत समाजवादी


नेकपा एकीकृत समाजवादीले राजावादीको हिंसात्मक क्रियाकलापको भत्र्सना गर्दै देशव्यापी रुपमा भण्डाफोर गर्ने निर्णय गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा समाजवादीले शुक्रबार राजावादीले हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफेड र लुटपाटका उदण्ड, विध्वंशकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकपालको घोर निन्दा र भत्र्सना गर्दै देशव्यापी भण्डाफोर गर्ने जनाएको हो ।

पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापविरुद्ध चैत्र २५ गतेभित्र सवै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनले सम्बन्धित तहमा विरोध प्रदर्शन गर्ने समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख प्रकाश ज्वालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *