नेपालको हवाई सुरक्षा दर वृद्धि


नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षाको (एयर सेफ्टी) अडिटमा नेपालले प्रगति गरेको छ । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले अप्रिल १३ देखि २५ तारिकसम्म गरेको वृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले प्रगति गरेको बताएको हो । पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक ई. प्रदिप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले दिने नम्बरमा प्रगति भएर ७०.१ प्रतिशत पुगेको बताए । उनले यस अगाडि गरिएको अडिटले नेपालले ६६.०२ प्रतिशत नम्बर पाएमा यो वर्ष २०२२मा गरिएको अडिटले ३.४३ प्रतिशतले बढेर ७०.१ पतिशत पुगेको बताए । महानिर्देशक अधिकारीले हवाइ सुरक्षा प्रत्याभुति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको बबताए ।
आइकाओका अडिट अनुसार अहिलेसम्म एसिया प्रशान्त क्षेत्रको ओसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकोमा नेपाललृ यी दुबै औसत दरमा माथि रही परिपालना दर ७०.१ प्रतितश कायम गर्न सफल भएको छ । नेपालले हवाई सुरक्षामा प्रगति गरे पनि विगत लामो समय देखि युरोपियन युनियन (ईयू) ले नेपालको उड्डयनलाई अझै कालोसूचीबाट हटाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *