बक्स अफिस प्रणालीमा आउन चलचित्र विकास बोर्डको निर्देशन


चलचित्र विकास बोर्डले सम्पुर्ण हलहरूलाई बक्स अफिस प्रणालीमा आउन निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले देशभरका हलमा बक्स अफिस प्रणाली लागू गर्न निर्देशन दिएको बोर्ड सदस्य अर्जुनकुमारले जानकारी दिएका छन्।

बैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिने हललाई बन्द गर्ने चेतावनीसमेत बोर्डले दिएको छ।

शुक्रबारको बैठकले बैशाखभित्र बक्स अफिस लागू नगर्ने हलहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। साथै बोर्डले कल छली र अनुमति बिना मध्यरात हल संचालन गर्नेहरूलाई कारबाही गर्न समेत सम्बन्धित निकायसँग कुरा गरिसकेको छ, उनले भने।बोर्डले देशभरका हलमा अनुगमन गर्ने निर्णयसमेत गरेको उनले बताए।

२०७५ साल साउन १ गतेदेखि नेपाली फिल्म क्षेत्रमा पहिलोपटक बक्स अफिस प्रणालीको सुरु भएको थियो। त्यसबखत केही हलहरूमा बक्स अफिस लागू भएता पनि कार्यान्वयन पक्ष फितलो हुँदा सबै ठाउँमा लागू हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *