तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना


केही दिन नेपालको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका(उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो ।

आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा मेघ गर्जनरचट्यांग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासी बताउँछिन् । “काठमाडौंमा आज दिनभर मौसम बदली हुन्छ ।
बदली भएर दिउँसो पानी पर्ने सम्भावना छ,” उनले भनिन्, “ठूलो भारी वर्षाको सम्भावना त काठमाडौंमा छैन तर काठमाडौंमा घाम लाग्ने सम्भावना आज कमै छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *