सेनालाई कू गर्न आग्रह गर्दै सुडानमा विपक्षी समूहको प्रदर्शन


सुडानमा वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट रहेको विपक्षी समूहले सेनालाई कु गर्दै सत्ता हातमा लिन आग्रह गरेको छ। सेनालाई सत्ता नियन्त्रणमा लिन भन्दै उनीहरुले प्रदर्शन समेत गरेका छन्।

सुडानमा राजनीतिक संकट बढ्दै जाँदा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले राष्ट्रपति निवास बाहिर पुगेर प्रदर्शन गरेका हुन्।

सन् २०१९ मा ओमर अल बसिरलाई अपदस्त गरेपछि सुडानमा सेना र राजनीतिक दलको संयुक्त सरकार रहेको छ। तर, गत सेप्टेम्बरमा बसिरको समर्थनमा रहेको सेनाले गरेको असफल ुकूु प्रयासपछि सुडानमा संकट बढेको हो।

सेनाले सरकारमा परिवर्तन माग गरिरहेपछि राजनीतिक दलहरुले त्यसलाई स्वीकार गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *