जेलभित्र तनावमा छन्‘शाहरुख खानका छोरा आर्यन


लागुऔषध मामलामा हाल मुम्बईको आर्थर रोड जेलमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान निकै तनावपूर्ण अवस्थामा बसिरहेका छन् । उनले जमानतका लागि निवेदन दिए पनि अदालतले जमानतको विषयमा निर्णय दिइसकेको छैन । उनी जमानतको निर्णय अदालतले २० अक्टोबरमा गर्दैछ ।

आर्यनका तर्फबाट अमित देसाई, सतीश मानशिन्दे र एनसीबीको तर्फबाट एडिसनल सोलिसिटर जनरल अनिल सिंहले दाबी पेश गरेका छन् ।
आर्यनको ट्रायल नम्बर ‘एन९५६’ हो । जेलमा कोही पनि व्यक्तिलाई उसको नामको सट्टा उसलाई दिइएको नम्बरले बोलाउने गरिन्छ ।आर्यनलाई उनको कैदी नम्बर दिइएको छ । उनले जेलमा दिइएको खानेकुरा खान सकेका छैनन् । उनलाई दिइएको खानेकुरा उनले मनपराएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *