चेपाङडाँडामा ठूलो पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर-५, चेपाङडाँडामा ठूलो पहिरो खस्दा नारायणगढ- मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आज बिहान करिब साढे ४ बजेदेखि सुक्खा पहिरो खस्न सुरु भएको थियो । बिहान पौने ७ बजे थप पहिरो झरेको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाका अनुसार लोडरले बिहान पहिरो पन्छाउन खोज्दा थप पहिरो गएर सडकखण्ड अवरुद्ध बनेको हो । “साढे ४ बजे खसेको पहिरो त सानै थियो, सफा गर्न लाग्दा त झन् पहाड नै बग्यो,” उनले भने ।

पहिरो पन्छाउन कम्तीमा तीन घण्टा लाग्ने थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *