संसद विघटनविरुद्ध नागरिक समाजको आन्दोलन


प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रवार काठमाडौंमा बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको छ ।

रत्नपार्कबाट शुरू भएको र्‍याली पश्चिमतर्फबाट टुँडिखेलमा प्रवेश गरी नागरिक घोषण सभामा परिणत हुने आयोजकहरूले जनाएका छन् ।र्‍यालीमा सहभागीहरूले टुँडिखेल फिर्ता गर, अग्रगमन जिन्दावाद, लोकतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, प्रतिनिधि सभा पुनःस्थापना गर, नागरिक सर्वोच्चता कायम गर जस्ता नारा लगाएका छन् ।

र्‍यालीमा पत्रकार नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसी, लेखक खगेन्द्र संगौला, मानवअधिकारकर्मी मोहना अन्सारीलगायत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *