मुलुकमा हुकुम र सेटिङको शासन चल्न दिइन्न : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले मुलुकमा हुकुम र सेटिङको शासन चल्न नदिने बताएका छन्।
सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै थापाले ‘हुकुम र सेटिङ’को शासन चल्न नदिने बताएका हुन्।
देउवाले नुवाकोटमा आयोजित कार्यक्रममा पार्टी नेताहरुप्रति आक्रोश व्यक्त गर्दै ओलीका कदमलाई सहयोग पुग्ने गरी अभिव्यक्ति दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन्।
‘मेरो हुकुम नै शासन हो भनेर प्रधानमन्त्री २००७ सालअघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ,’ , ‘यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न।’