हैजा नियन्त्रणमा छ, स्वास्थ्य संकटकाल आवश्यक छैन


स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि काम भइरहेको बताएका छन् । बुधबार संसद् बैठकमा उनले मन्त्रालयअन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने/गराउने कार्य भइरहेको बताए ।

“झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइरहेको छ,” उनले भने ।मन्त्री पौडेलले हाल देशैभर ६८ जनामा संक्रमण देखिएकोमा चारजना मात्र बिरामी रहेको र उनीहरू पनि उपचाररत रहेको जानकारी दिए ।

“बिरामी नियन्त्रण दर बढेको छ,” उनले भने, “तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भइरहेकाले अहिल्यै स्वास्थ्य संकटकाल लगाउनु आवश्यक देखिँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *