सहकारी प्रकरण : एक साताभित्र समितिले प्रारम्भिक प्रतिवेदन तयार पार्ने


सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।समिति सभापति सूर्य थापाका अनुसार अहिलेसम्मको छलफल बयानको समीक्षात्मक प्रतिवेदनको मस्यौदा एक साताभित्र तयार हुनेछ ।

समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम हिनाप्रकरणका आरोपित व्यक्तिमध्ये ५० जनासँग सोधपुछ गरिएको छ । यही भदौ २३ गते समितिलाई दिइएको समय सकिँदै छ ।

यस्तै बुधबारकाे बैठकमा सहारा सहकारी चितवन, सानो पाइला बीरगंज, सूर्य दर्शन पोखरा, सुप्रिम बुटवल र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंका पीडितहरूले केही तथ्यहरुको विषयमा जानकारी दिएको सभापति थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *