पूर्वनिर्धारित मितिमा चलचित्र ‘आउट ल : दफा २१९’ प्रदर्शन नहुने


चलचित्र ‘आउट ल : दफा २१९’को प्रदशर्न मिति सरेको छ । प्रोस्ट प्रोडक्सन र छायांकनको केही काम नसकिएकाले पूर्वनिर्धारित मितिमा चलचित्र प्रदर्शन नहुने निर्माणपक्षले जनाएको छ ।

“समय तालिकामै चलचित्र रिलिज गर्ने हाम्रो अथक प्रयास रहे पनि बाँकी छायांकन र पोस्ट–प्रोडक्सन कार्यहरूलाई अपेक्षा गरिएभन्दा बढी समय लाग्ने देखिएको छ,” विज्ञप्ति जारी गर्दै निर्माणपक्षले भनेको छ, “परिणामस्वरूप हामी असोज ३ को लागि तय गरिएको रिलिज मितिमा नआउने निर्णय गरेका छौँ ।”

अभिनेता सुशिल श्रेष्ठ चलचित्रको मुख्य भूमिकामा छन् । सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनी ल्यागुन र बिशाल पहारीको अभिनय रहेको छ । चुल्ठे काजीको एक्सन रहेको सिनेमालाई अशोक शर्माको डीसीएनले वितरण गर्दै छ ।

बिक्की महर्जको लेखन तथा निर्देशन रहेको चलचित्रमा अमित अग्रहरिको लगानी छ । विनोद कडायत कार्यकारी निर्माता रहेको सिनेमाको सह–निर्माता विकाश चौधरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *