देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागभन्दा केही तल रहेको छ । जसका कारण मनसुनी प्रणाली रहे पनि मनसुन थप सक्रिय भएको छैन । र, केही दिन यता देशका अधिकांश स्थानमा झरी परेको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।