प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकसँग मागे माफी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकसँग माफी मागेका छन् । बिहीबार भएको भारतविरुद्धको खेलमा राम्रो नतिजा निकाल्न नसकेको भन्दै अलमुताइरीले समर्थकसँग माफी मागेका हुन् ।
भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरीमा खेलेको थियो । पहिलो हाफमा अग्रता बनाएको नेपालले दोस्रो हाफमा गोल खान पुगेको थियो । अलमुताइरीले खेलबाट नेपालीलाई खुसी बनाउन नसकेको भन्दै माफी मागेका हुन् । खेलपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने, सबै समर्थकमाझ क्षमा चाहन्छु । हामीले खुसी बनाउन सकेनौँ । मलाई आशा छ । क्षमा स्वीकार्नु हुनेछ । आगामी खेलमा सोचेअनुसार प्रदर्शन गर्ने छौँ, उनले भने ।