मिर्गौलामा समस्या देखिए पछि हाँस्य कलाकार पल्पसा डंगोल अस्पताल भर्ना
हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) मिर्गौलामा समस्या देखिए पछि अस्पताल भर्ना भएकी छिन्। दुवै मिर्गौलामा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा डंगोलको उपचार भइरहेको कलाकार दीपा श्री निरौलाले जानकारी दिइन।
दिदिलाई पाँच वर्ष देखि नै किड्नीको समस्या देखिएको थियो। तर उहाँले यो कुरा लुकाउनु भएको रहेछ।, दीपाले भनिन एक महिनाअघि धेरै गारो भएर उहाँ अस्पताल भर्ना हुनु भएको हो। डाक्टरले उहाँको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताउनु भएको छ।
हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन्। विभिन्न फिल्म र टेलिसिरियलमा अभिनय गरिसकेकी डंगोलले टेलिसिरियल ‘दृष्टी’ पनि निर्माण गरेकी थिइन्।
डंगोलको मिर्गौला प्रत्यारोपन गर्नुपर्ने भएको तर उनको आर्थिक अवस्था कमजोर रहेकोले सहयोगका लागि आह्वान गरिएको छ।