अफगानिस्तानका राजदूतको छोरीलाई अपहरण गरि कुटपिट


पाकिस्तानमा अफगानिस्तानका राजदूतको छोरीलाई अपहरण गरि कुटपिट गरिएको छ। पाकिस्तानका लाथि अफगानी राजदूत नजिबुल्लाह अलिखेलकी छोरी सिलसिला अलिखेललाई अपहरण गरि कुटपिट गरिएको हो।

सिलसिलालाई केही समय नियन्त्रणमा लिएर आक्रमणकारीहरु फरार भएका थिए। नियन्त्रणमा रहँदा आक्रमणकारीहरुले सिलसिलामाथि हातपात गरेका थिए।

इस्लामावादमा राजदूतकै छोरीमाथि आक्रमण भएपछि प्रधानमन्त्री इमरान खानले घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गर्न निर्देशन दिएका छन्। खानले ४८ घण्टाभित्र अनुसन्धानको रिपोर्ट पेश गर्न समेत भनेका छन्।

राजदूत नजिबुल्लाहले ट्वीटमा आफ्नी छोरीको तस्विर सेयर गर्दै घटनाबारे जानकारी समेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *