मनकामना स्मार्ट लघुवित्तको आइपीओ प्रि अलटमेन्ट सकियो
मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट शुक्रबार सकिएको छ। प्रि अलटमेन्ट सकेर धितोपत्र बोर्डमा बुझाइसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
प्रि अलटमेन्ट सकिएसँगै आगामी सोमबारभित्र लघुवित्तको आइपीओ बाँडफाँट गर्ने तयारी गरेको क्यापिटलले जनाएको छ।
कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो