आरविवि म्युचुअल फण्डको इकाईमा मागभन्दा बढी आवेदन


असार २३ गते बुधवारदेखि विक्रीमा आएको आरविवि म्युचुअल फण्डको इकाईमा शुक्रबारसम्म मागभन्दा बढी आवेदन परेको छ । यस फण्डले आरबिबि म्युचुअल फण्ड-१ सञ्चालनका लागि यस फण्डले ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको हो ।

योजना सञ्चालनका लागि कुल १० करोड इकाई विक्री गर्नुपर्नेमा फण्डले १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकको लागि र योजना व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ्कको लागि सुरक्षित गरेको छ । सार्वजनिक निष्कासनमा आएको इकाई खरिदका लागि शुक्रवार साझ ५ बजेसम्ममा ३७ हजार १६६ जना आवेदकहरुबाट रू. १ अर्ब १ करोड ५६ लाख १ हजार ३०० बराबरको १० करोड १५ लाख ६० हजार १३० इकाई खरिदको माग भएको छ ।

मागभन्दा बढी आवेदन परिसकेकाले यो इकाई छिटो अवधि असार २७ गतेभित्रनै विक्री बन्द हुनेछ ।
आगामी आइतवार यो इकाई खरिदको लागि आवेदन दिने अन्तिम दिन हुनेछ । ७ वर्षे अवधिको बन्दमुखी यो योजना सञ्चालनका लागि बोर्डले असार १० गते अनुमति दिएको हो । इकाई विक्री प्रबन्धकमा पनि आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *