देउवाइतर पक्षबाट साझा उम्मेदवार बनाउन छलफल प्रारम्भ
नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ ।
शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको संस्थापनइतर समूहका नेताहरूको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए ।बैठकपछि नेतृ सुजाता कोइरालाले संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताए । आफूहरू एक भएर अघि बढ्ने उनले प्रतिक्रिया जनाइन् ।
उनले भने, “हाम्रो बिचमा कुनै विवाद छैन । विवाद हुँदैन र एकजनाले उम्मेदवार दिन्छ त्यसबारेमा हामीले छलफल गरिरहेका छौँ । निर्णय भईसकेको छैन तर अब छिटो हुन्छ । हामी सबै एक छौँ । हामी एक भई जान्छौँ । एकजनाको उम्मेदवारी दिन्छौँ,” उनले भनिन् ।