माओवादी केन्द्र खारेजीको माग सहित,पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा
नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग पुगेका छन्। संविधानले तोकेको समयावधि कट्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको भन्दै नेताहरु आयोगमा उजुरी दिन पुगेका हुन्।
साढे ५ वर्षभित्र महाधिवेशन गर्न नसकेर माओवादी पार्टी अवैध भइसकेको भन्दै दल खारेजीको माग नेताहरुले गरेका छन्।
उनीहरु दल दर्ता खारेज बुझ्न आएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार हाल एमालेका नेता मणिचन्द्र थापा, प्रभु साह, टोप बहादुर रायमाझी, शंकर चौधरी निर्वाचन आयोगमा उपस्थित भएका हुन्।
नेकपा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए।