चीनबाट आइपुग्यो पहिलो खेपको कोभिड विरुद्धको खोप
चीनसँग खरिद गरेको ४० लाखमध्ये ८ लाख डोज खोप आज बिहान काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० विमानले पहिलो लटको खोप काठमाडौं ल्याएको हो ।
आज नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्डचेनमा राखिएको छ । निगमको विमानले दोस्रो लटमा साउन १ गते र तेस्रो लटमा साउन ८ गते गरी तीनवटा उडानमार्फत ४० लाख डोज खोप ल्याउने बताइएको छ ।
चीनबाट ल्याएको खोप ५५ देखि ६० वर्षसम्मका नागरिक र बाढी पहिरो प्रभावित सिन्धुपाल्चोक र मनाङका नागरिकलाई इिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।