विवादको ‘अन्तिम टुंगो’ लगाउन एमाले कार्यदलको बैठक


नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने तय गरिएको छ ।

एमालेको विवाद समाधान गर्न केही दिनयता नेताहरु निरन्तर छलफलमा रहे पनि ठोस प्रगाति भने भएको छैन । बिहीबार दुईपटक बसेको बैठकले कुनै निष्कर्ष निकालेन ।प्रधानमन्त्री एवं अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल गरी एमाले दुई समूहमा विभाजित छ । उनीहरुलाई एक बनाउने प्रयासले अहिले तीव्रता पाएको हो ।

कार्यदलका नेपालपक्षीय सदस्य घनश्याम भुसालले बिहीबार साँझको बैठकपछि १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *