नेशनल र महिला सहयात्रा लघुवित्तको एकिकृत कारोबार ३० गतेदेखि
नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तले असार ३० गते बुधबार देखि एकिकृत कारोबार गर्ने भएका छन् । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई गाभेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।
नेशनलको जेठ २५ गते र महिला सहयात्राको पनि जेठ २५ गते नै सम्पन्न साधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो । यी दुई संस्थालाई राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते एकिकृत कारोबारको लागि स्वीकृति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकले बैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो ।
नेशनलले १००: ६८ को स्वाप रेसियोमा महिला सहयात्रालाई गाभेको हो । अर्थात महिला सहयात्राको १ सय कित्ता शेयर हुने शेयरधनीले मर्ज पछि बन्ने संस्थाको ६८ कित्ता शेयर पाउने छन् ।