नेता नेपाललाई भीम रावलले भेटेर फर्किएपछि शुरू भयो कार्यदल बैठक


पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको चौथो दिनको बैठक सिंहदरबारमा शुरू भएको छ ।

कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलको कार्यकक्षमा बिहीवार मध्याह्न कार्यदलको चौथो दिनको बैठक शुरू भएको हो । बैठकमा कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षका संयोजक भीम रावल लगायत सबै सदस्य उपस्थित छन् ।

कार्यदलको बैठकअघि संयोजक रावल र अर्थमन्त्री पौडेलबीच अर्थ मन्त्रालयमै छलफल भएको थियो ।पौडेलसँग भेट गरेपछि रावलले नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । लामो समय निष्क्रिय रहेको कार्यदलले सोमवारदेखि काम शुरू गरेको थियो ।

लगातारको बैठकले आफूहरू सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *