यूनियन लाइफ इन्स्योरेन्सको आईपिओ बिक्रि खुला
युनियन लाइफ इन्स्योरेन्सले आज असार २४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले सर्वसाधारणको लागि ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ । कम्पनीको आईपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि दिन सकिने छ ।
कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।