मैलुङखोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति
मैलुङखोला जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनका लागि असार २३ गते बोर्डको अनुमति पाएको हो । कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो ।
आवेदन दिएको ३ बर्ष ९ महिनामा बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको यो आईपीओलाई इक्रा नेपालले सबैभन्दा कमजोर संकेत गर्ने ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ ।
आयोजना प्रभावित स्थानियलाई यस अघिनै शेयर जारी गरेको कम्पनीले कमजोर रेटिङ्ग पाएपनि आईपीओ निष्कासनको अनुमति पाएको हो ।
आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो । नियामक निकायले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएपनि लगानीकर्ताहरुले कम्पनीको अवस्था हेरेर लगानी गर्न सुझाब दिएको छ ।