करुणाले भरिएकी मदर टेरेसाका जीवन उपयोगी भनाइहरु


मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० मा भएको थियो । मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो ।

उनले १९५०मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन । ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मदत गरेकी थिइन् ।१९७० सम्म उनी गरीबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरूको लागि प्रसिद्द भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो ।

उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो । मदर टेरेसाका कतिपय भनाइहरु आज पर्यन्त चर्चित छन् । हामी यहाँ उनका केही भनाइहरुलाई उल्लेख गर्दैछौं ।

१। यो जीवन अरुको लागि होइन भने यो जीवन नै होइन ।
२। शान्ति मुस्कानबाट शुरुवात हुन्छ ।
३। हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४। यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
५। सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६। विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७। हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं कि हामी एक अर्काका लागि हौं ।
८। रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठीन हुन्छ ।
९। यदि तिमीले व्यक्तिलाई मुल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
१०। प्रेम सबैले टिप्न सक्ने सदाबहार फल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *