किन मेटायो काठमाडौं महानगरले फ्रन्टलाइनर्सको सम्मानमा बनाएको चित्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले फ्रन्टलाइनर्सको सम्मान स्वरूप कलाकारले भित्तामा बनाएका भित्ते चित्र मेटाएको छ ।
बुधबार दिउँसो मेटाइएको महानगरका नगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
‘‘भित्तामा चित्र बनाउन पाइँदैन । पोस्टर, पम्प्लेट टाँस्न, होर्डिङ बोर्ड राख्न महानगर क्षेत्रभित्र मनाही गरिएको छ । यस्तो काम गर्न महानगरको अनुमति चाहिन्छ । वडा कार्यालयको अनुमतिमा बनाइएको चित्र मेटाएका छौँ । माथिल्लो तहबाट हामीलाई मेट्न निर्देशन आएपछि मेटाएका छौँ,” सापकोटाले भने ।