बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना


बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । शरीरमा निमोनिया भएपछि ७० वर्षे अभिनेतालाई मंगलबार उपनगर खारस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

उनकी श्रीमति रत्ना पाठक शाहका अनुसार उनको उपचार भइरहेको छ । रत्नाले नसीरुद्दीनको स्वास्थ्य स्थिर रहेकाले केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुनेमा आफू आशावादी रहेको बताइन् ।

नसीरुद्दीनले आफ्नो फिल्म करियरको सुरुवात सन् १९७५ मा फिल्म ‘निशान्त’बाट गरेका थिए । यो फिल्ममा उनको भूमिका सानो भए पनि उनी सबैमाझ चिनिएका थिए । कैयौंपटक राष्ट्रिय पुरस्कार जितिसकेका नसीरुद्दीन पछिल्लो पटक सन् २०२० मा ‘मी रक्सम’मा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *