स्वास्थ्य सामाग्री हस्तान्तरण


बागलुङ। अन्तर्राष्ट्रिय बागलुङ समाजका सस्थापक संरक्षक तथा बेल्जियम बागलुङ समाजका पुर्व अध्यक्ष श्री गंगा प्रसाद शर्माले एक कार्यक्रमका बीच, बागलुङ नगरपालिका वार्ड नम्बर ६ मा रहेको शहरी स्वास्थ्य केन्द्र, लाई केही स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । सो अबसरमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय माधव प्रसाद शर्माले सस्थापक संरक्षक गंगा प्रसाद शर्मालाई स्वास्थ्य उपकरण उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस ठाउँले वहांबाट सहयोगको अपेक्षा राखेको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गंगा प्रसाद शर्माले आफु बिदेशमा बसेपनी आफ्ना लागि आफ्नो जन्म देश नै महत्त्वको रहेको र आफु र संस्थाले बागलुङका धेरै ठाउंमा सहयोग गरेको बताउंदै ,आज आफ्नै जन्मथलोका लागि फेरि केही मद्दत गर्न पाउदा आफुलाई सन्तुष्टि मिलेको भन्दै, आगामी दिनमा पनि देश र समाजका लागि निरन्तर सहयोग जारी राख्ने बताए।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति श्री गोविन्द शर्माले स्वास्थ केन्द्रका लागि थर्मल गन (ज्वरो नाप्ने मेशिन र सुगर टेष्ट मेसिन) उपलब्ध गराएकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *