केन्द्रीय समिति बैठकबाट पारित नेपाली कांग्रेस १४ औं महाधिवेशन कार्यतालिका यस्तो
नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । काँग्रेसले १४ औं महाधिवेशन कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय सानेपाम बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्नका लागि कार्यतालिका संशोधनसहित पारित गरेको हो ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव पेश गरेकामा पारित भएको हो ।